बागलुङ/भू तथा जलाधार व्यवस्था कार्यालय पर्वतले बागलुङका किसान लाई बिभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ ।
बागलुङ स्थित भूसंरक्षण नर्सरीमा तयार गरिएका बिरुवा सोमबार बितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले किसानलाई बिरुवा बितरण गरे ।
बिरुवा बितरण पछि बोल्दै श्रेष्ठले जलाधारको संरक्षण, बाढी पहिरो नियन्त्रण र किसानलाई घाँस उत्पादनमा सघाएको जलाधार व्यवस्थापन कार्यालय जिल्ला तहमा पनि चाहिएको बताए । उनले प्राविधिक कारणले मर्ज भएपनि हरेक जिल्लामा यो स्थापना गर्न आबस्यक देखिएको भन्दै बाढी पहिरो नियन्त्रणका बेला यस्ता कार्यालयको काम बढी प्रभावकारी हुने बताए ।
बागलुङ नगरपालिकाको २ लाख लगानी र कार्यालयको १ लाख थप गरी ३ लाख रुपैयाँको लागतमा १५ हजार बिरुवा उत्पादन गरिएको थियो । मागमा आधारित भएर ती बिरुवा जिल्लाभरका किसानलाई बितरण गरिनेछ । बिशेषगरी नेवारो, राइखन्यु, नेपयर, इपिल इपिल लगायतका बिरुवा उत्पादन गरेर बितरण गरिएको बरिष्ठ जलाधार व्यवस्था अधिकृत दिवाकर पौडेलले बताए ।





