बागलुङ/ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाको सिरखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका आमा छोरा सिकिस्त बिरामी परेका छन् । शनिबार बेलुकी जंगलबाट ल्याएको च्याउ आज बिहान खाँदा उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र बेहोस हुने समस्या देखिएको थियो । बिरामी परेका बर्ष ४० बर्षिय कर्ण बहादुर सिंजाली र बर्ष ७६ की आमा तिला सिंजालिको ग्वालीचौर स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।
उपचार पछि तिला सिंजालीको स्वास्थ्यमा सुधार भएपनि कर्ण सिंजालिको स्वास्थ्यमा सुधार नभएपछि धौलागिरी अस्पताल बागलुङ रिफर गरिएको बडिगाड स्वास्थय शाखाले जनाएको छ ।





