बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो

लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८०, मंगलबार

बागलुङ/ लम्पी स्किन नामक संक्रमक रोगबाट बचाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले सबै पालिकामा खोप पठाएको छ ।

केन्द्रको तथ्यांक अनुसार २ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिक मार्फत खोप र औषधि पठाइएको केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए ।
सोमबार केन्द्रले बागलुङ नगरपालिकाका लागि ५ सय पशुकालागि खोप पठाएको छ । केन्द्र प्रमुख सापकोटाले नगर प्रमुख बसन्तकुमार श्रेष्ठको उपस्थितिमा पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे । उक्त अबसरमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरे । उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गरेका थिए ।

लम्पिस्किन रोगबाट बागलुङका १ सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन रोग लागेका गाइगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो । एकदुइवटा गाईगोरु पालेका किसानकोमा भन्दा व्यावसायिक गाई फर्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् । बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांस उन्नतजातको गाई रहेको सापकोटाले बताए । वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक संक्रमण देखिएको थियो । त्यसपछि क्रमश अन्यत्र फैलिएको हो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौं क्षति व्यहोरेका छन् । अहिले पनि ढोरपाटन नगरपालिकाका १ हजार २ सय गाईगोरु बिरामी छन् । निसीखोलाका ५ सय १३, गलकोट नगरपालिकाका १४२, बडिगाड गाउँपालिकाका १ सय ८१ र तमानखोलाका १८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि २२१ गाई बिरामी छ् ।

संक्रमण बढेपछि स्थानीय तहले केही खोप किनेर लगाएका थिए । भेटेनरी अस्पतालले ४ हजार ५ सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै संक्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए । ‘भाइरसबाट सर्ने यो रोग बिफर जस्तै हो’ सापकोटाले भने, ‘किर्ना, डा“स, भुसुना र लामखुट्टेबाट पशुहरुमा यो संक्रमण बढ्ने गरेको छ ।’ गोठ फोहोर हुँदा पनि संक्रमण बढी हुने गरेको बताइएको छ । यो रोग प्राय गर्मी मौषम र भूगोलमा बढी हुने गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->