बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्मचारी मिलन केन्द्रको बिदाई र स्वागत

कर्मचारी मिलन केन्द्रको बिदाई र स्वागत


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८०, सोमबार

बागलुङ/ कर्मचारी मिलन केन्द्र बागलुङले तीनजना राष्ट्रसेवकको बिदाई र चार जना राष्ट्रसेवक कर्मचारीलाई स्वागत गरेको छ ।

अनिवार्य अवकास पाएका, सरुवा भएर जान लागेका राष्ट्रसेवक कर्मचारीको बिदाई र जिल्लामा सरुवा भएर आएका कर्मचारीलाई स्वागत गरिएको हो । कर्मचारी मिलन केन्द्र बागलुङको सभाहलमा आयोजित कार्यक्रममा कर्मचारी मिलन केन्द्र बागलुङका अध्यक्ष कुश्मराज उपाध्यायलाई बिदाई गरियो । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुखसमेत रहेका उपाध्याय अनिवार्य अवकाश भएका हुन् ।
श्रीमेहर गण घोडाबाँधे व्यारेकका गणपती प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठ बागलुङबाट बिदा भएका छन् । उनी नेपाली सेनाको मुख्यालय भद्रकाली सरुवा भएका हुन् । उनको ठाउँमा घोडाबाँधे व्यारेकको कमाण्ड धन रानामगरले सम्हाल्नेछन् । उनलाई मुख्यालयले बागलुङ खटाएको हो ।

त्यस्तै, सशस्त्र प्रहरीको आश्रित गुल्म बागलुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर श्रेष्ठ पनि बागलुङबाट बिदाई भएका छन् । उनी ३७ नं. गण इटहरी सरुवा भएका छन् ।
त्यस्तै बागलुङका बिभिन्न कार्यालयमा सरुवा भई आएका चार जना कर्मचारीहरुलाई मिलन केन्द्रले स्वागत गरेको हो । उच्च सरकारी वकिल कार्यालयका उप–न्यायाधिबक्ता पूर्ण प्रसाद शर्मा, जिल्ला अदालतका शाखा अधिकृत तिलक पौडेल, प्रहरी निरीक्षक दीपकबाबु केसी र अनुसन्धान अधिकृत सुरेश ढुंगानालाई स्वागत गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अवकाश भएका कर्मचारीको सुखी जीवन र सरुवा भएका कर्मचारीको कार्यसफलताको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा बिदाई भएका कुश्मराज उपाध्याय, देवभक्तमाडी श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कालिका कन्या माविका प्रधानाध्यापक धनराज सापकोटा लगायतले बोलेका थिए । कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष भानुभक्त भट्टराईको अध्यक्षता, सचिव दीनेश शर्माको सञ्चालन र सदस्य घनश्याम सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->