बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङले एईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा नृत्य प्रस्तुरीकरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो ।
विद्यार्थीसँगै उनीहरुका अभिभावकलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले दोसल्ला ओडाएर सम्मान गरेका थिए । विद्यालयको गरिमा उचो राख्न विद्यार्थी र शिक्षक कर्मचारी तथा अभिभावकको भुमिका उत्तिकै रहने भन्दै विद्यालयले शिक्षक र अभिभावकलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले व्यवहारिक शिक्षामा विद्यालयहरुले जोड दिनुपर्ने बताए । शिक्षाको मापन सीप र ज्ञानबाट हुने भन्दै विद्यालयहरु पठन पाठन सोही अनुसारको हुनुपर्ने बताए ।
विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता शिक्षक भुमिराज शर्माको स्वागत र शिक्षक माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





