शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

अराजकताका कारण पार्टी कमजोर : एमाले सचिव विष्ट

अराजकताका कारण पार्टी कमजोर : एमाले सचिव विष्ट


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८०, सोमबार

पोखरा/ एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टले नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै संगठनात्मक अराजकता र स्वेच्छाचारिता बढेको बताएका छन् । पार्टीको सवलीकरणको लागि यस्ता प्रवृत्ति हट्नुपर्नेमा उनको जोड छ ।

गण्डकी प्रदेश कमिटीले सोमबार आयोजना गरेको कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सचिवालय सदस्य तथा सदस्यसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न कार्यकर्ताहरु साँच्चिकै मैदानमा उत्रनुपर्ने पनि बताए । अवसरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित व्यक्तिगत स्वार्थ केन्द्रीत हुने गरी काम नगर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

स्थायी कमिटी सदस्य खगराज अधिकारीले अब नेतृत्व होस् वा कार्यकर्ता सच्चिनुको विकल्प नभएको उल्लेख गरे । पार्टीभित्र एकमना एकता हुनुपर्नेमा उनको जोड थियो । पार्टी प्रदेश कमिटीका उप सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मी आचार्यले एमाले सबै प्रकारका क्षमताहरूको मिश्रण भएको हुँदा सबै सदस्यको क्षमता र क्षेत्रको आधारमा जिम्मेवारी निर्धारण हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->