बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्दामा झुण्डिएको अवस्थामा मृत थिए प्रहरी इन्चार्ज पौडेल

पर्दामा झुण्डिएको अवस्थामा मृत थिए प्रहरी इन्चार्ज पौडेल


  • दिनेश शर्मा
  • साउन ९ २०८०, मंगलबार

बागलुङ / इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका ६ स्थित ‘होटल आशा एण्ड खाजा घर’ को तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।

‘प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको र राति १० बजे उनीहरुलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि साहुनीको छोराले पासो काटेको भन्ने खबर आएको छ ।’

पौडेल मृत भटिएको भीमगिठेको होटल आशा एण्ड खाजा घर । तस्वीर: दिनेश शर्मा/ढोरपाटन

उनका अनुसार प्रहरीले होटल सञ्चालक आमा र छोरा दुवैलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेशकुमार खड्काको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न ढिला भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले वताईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->