बागलुङ/ प्रहरी चौकी भीमगिठेका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको शव परिक्षण (पोष्टमार्टम)का लागि धौलागिरी अस्पताल बागलुङ तर्फ ल्याईंदै छ ।
मंगलबार बागलुङको बडिगाड गाउँपालिका–६ खार बजारको एक होटलमा मृत फेला परेका पौडेलको शव पोष्टमार्टम गर्नका लागि बागलुङ ल्याउन थालिएको हो । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरी अस्पताल र नभए पोखरा समेत पाठाइने प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
आशा होटल एण्ड खाजा घरकी सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तर्फ ल्याइएको प्रहरीको भनाई ।





