बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अधिकांश औषधि पसल मापदण्ड विपरीत

अधिकांश औषधि पसल मापदण्ड विपरीत


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८०, बुधबार

बागलुङ/ बागलुङ बजारमा संचालित अधिकांश औषधि पसलहरु मापदण्ड नपुगेको भेटिएका छन् । जिल्ला प्रशासनको अगुवाईमा बागलुङ बजार अनुगमनको क्रममा अधिकांस पसलमा कुनै न कुनै समस्या भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

अनुगमनको क्रममा केही पसल बन्द गरिएका छन् भने केहीलाई प्रशासनमा स्पष्टीकरणका लािग बोलाइएको छ । अनुगमन आउँने थाहा पाएपछि कतिपय औषधि पसलका संचालक भागेका छन् भने कतिपय पसलले बन्द गरेर छाडेका छन् ।

धौलागिरि अस्पताल आसपासका अधिकांश पसलेहरुले सोमबार दिउँसो अनुगमन आउने हल्लापछि पसल बन्द गरेको भेटिएको बरालले बताए । खोलेका कुनै न कुनै समस्या देखिएको थियो । कतिपय पसलमा ल्याब संचालन भएको तर दर्ता नभएको, व्यवसाय दर्ता गरेकाहरुले पनि मेडिकल तथा क्लिनिक दर्ता नगरेको भेटिएको हो ।

एउटा व्यक्तिको नाउँमा दर्ता भएका तर अर्कैले संचालन गरेका पसल पनि भेटिएका थिए । औषधिको व्यवसाय गर्न बसेपनि फार्मेसी पढेका व्यक्ति नबसेको भेटिएको हो । त्यस्ता सबैलाई कसुर अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइने भएको हो ।

सोमबारै बागलुङ बजारको निलगिरी अस्पतालको पनि अनुगमन भएको थियो । तर, अस्पतालमा कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको लगायतका समस्या देखिएको हो । अस्पताल अहिले बिरामी अभावमा संचालन नभएकोले बन्द जस्तै देखिएको अनुगमन टोलीका सदस्यले बताए । अस्पतालको औषधि पसलमा भने बिक्री भैरहे पनि मूल्यमा तलमाथि देखिएको भेटिएको थियो । सहायक प्रजिअ बरालको नेतृत्वमा जिल्ला प्रशासनका अधिकृत, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका, उद्योग तथा पर्यटन कार्यालय, धौलागिरि अस्पताल, उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आन्तरिक राजश्व कार्यालय र उद्योग वाणिज्य संघसहितको टोली अनुगमनमा गएको हो । यो अनुगमनलाई प्रभावकारी बनाउन नियमित र फरक–फरक व्यवसायमा गरिने उद्योग तथा पर्यटन कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माले बताए ।

विशेषगरी दर्ता प्रक्रियामा नगइ व्यवसाय संचालन गर्नेलाई उत्तरदायी बनाउने, गैरकानूनी काम गरेकालाई कारवाही गर्ने र अनुगमन प्रक्रियालाई असहयोग गर्नेलाई जरिवाना गराउने प्रशासनको नीति रहेको बरालले बताए । उनले फरक फरक समयमा फरक–फरक व्यवसायमा अनुगमन गर्ने पनि जानकारी दिए । अनुगमनको क्रममा केही पसलले फरक फरक पान नम्बरको बील प्रयोग गरेको तर करमा प्रविष्टी नभएको देखिएको समेत भेटिएकोले ती पसलको कारोबार आन्तरिक राजश्व कार्यालयले हेर्ने गरी छाडिएको समेत बताइएको छ । पसल छाडेर भागेका तथा अनुगमन आउँदैछ भनेर बन्द गरेर बस्नेको समेत लागत राखेर आगामी दिनमा नभेटिएमा कारवाही गर्ने तयारी प्रशासनले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->