बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सूचना प्रविधिमार्फत् गुणस्तरीय शिक्षा

सूचना प्रविधिमार्फत् गुणस्तरीय शिक्षा


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८०, शुक्रबार

बागलुङ/काठेखोला गाउँपालिकाका २७ वटा विद्यालयका शिक्षकलाई सूचना, संचार र प्रविधिको प्रयोग विषयक तीनदिने तालिम दिइएको छ ।

हेम्पेल फाउण्डेसन र भिएसओ नेपालको सहयोग, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको समन्वयमा भीमापोखरा युवा क्लबले शिक्षकका लागि तालिम संचालन गरेको हो । क्लबले जैमिनीका शिक्षकका लागि छ्ुट्टै र काठेखोलाका शिक्षकालागि छुट्टै तालिम संचालन गरेको हो ।

तालिममा शिक्षकहरुलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइमा अब्बल बनाउने लक्ष राखिएको क्लबले संचालन गरेको सिकाइ परियोजनाका सुपरभाइजर कृष्ण कंडेलले बताए । यो परियोजनामार्फत् हरेक शिक्षकलाई प्रविधिमा दक्ष बनाएर त्यसको प्रतिफल कक्षा कोठामा खोजिने योजना उनले सुनाए ।

तीनदिने तालिम समापनको अबसरमा शिक्षकहरुलाई प्रमाणपत्र बितरण गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बिद्यालयको पढाइ गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग गर्नुपर्ने आवस्यकता औल्याए । ‘पछिल्लो समय सबै बालबालिका प्रविधिमा रमाउन थालेकोले शिक्षक पनि प्रविधिमा दक्ष भएमा बालबालिकालाई सिकाउन सक्नेछन्,’ थापाले भने, ‘समय अनुसारको गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकार अब हामीले सुरक्षित गराउनै पर्छ ।’ १० बजे बिद्यालय गएर ४ बजे फर्कने शिक्षक नभइ जिम्मेवारी पूरा गर्ने शिक्षक चाहिएको उनले बताए ।

काठेखोलाको १३ औं गाउँसभाले पनि २७ वटा विद्यालयमा प्रविधि मैत्री शिक्षामार्फत् गुणस्तरीय शिक्षा दिन आबस्यक बजेट समेत बिनियोजन गरेको थापाले जानकारी दिए । लगानीबाट उचित प्रतिफल खोज्ने भन्दै धेरै चुनौती जित्ने अभ्यास समेत गरिने उनले बताए ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक खड्ग थापा, तालिमका सहजकर्ता दिर्घराज जोशी, बिवाईसीका उपाध्यक्ष तोया गौतम, शिक्षकहरु शान्ता भण्डारी, बद्री भण्डारी, नरकुमारी ठकुरीलगायतले सिकाइको अनुभवलाई कक्षा कोठामा उपयोग गरेर देखाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->