शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बोलेरोसहित चालक बेपत्ता, कालिगण्डकीमा भेटियो गाडीको सिसा

बोलेरोसहित चालक बेपत्ता, कालिगण्डकीमा भेटियो गाडीको सिसा


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८०, शुक्रबार

म्याग्दी / बेनी–जोमसोम सडकखण्डमा बुधबार दिउँसोदेखि चालकसहित बोलेरो जिप बेपत्ता भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट फर्किदै गरेको ग २ च १०३१ नंबरको बोलेरो जिप चालक कम्लेस परियारसहित बेपत्ता भएको जनाइएको छ ।

बेनीस्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क्रममा अन्नपूर्ण–६ भिरकाटेमा बोलेरोको सिसा, सामानको नगद रसिद भेटिएको छ भने चालक र बोलेरो अझै भेटिएको छैन् ।

गएको साउन ७ गते बेनीबाट खाद्यान्न सामान लिएर गएको उक्त बोलेरो बुधबार दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको सुमन किराना स्टोरका सञ्चालक सुमन श्रेष्ठले बताए ।

‘सम्र्पकविहीन भएपछि खोजी कार्यमा जुटेका छौ, सामान दिएर पैसा उठाएर फर्किएका चालक बोलेरो सहित बेपत्ता छन्,’ श्रेष्ठले भने ।

उनका अनुसार खोजी कार्यको क्रममा भिरकाटेमा सिसा, नगद पैसा फेला परेको छ । उर्लिएको भेलमा खसेको अनुमानसहित खोजीकार्य गरेपनि सवारी तथा चालक नभेटिएको प्रहरीले जनाएको छ ।

सिसा भेटिएको स्थानबाट तल्लो क्षेत्रमा कालीगण्डकी नदी वारपार प्रहरी परिचालन गरी खोजी भइरहेको छ । हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन नसकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->