बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटका दर्जी मुसिकोटमा मृत भेटिए

गलकोटका दर्जी मुसिकोटमा मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८०, आइतबार

बागलुङ/ एक हप्तादेखि हराईरहेका बागलुङको गलकोटका प्रेमलाल दर्जी गुल्मीको मुसिकोटमा मृत फेला परेका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका-७ स्थित बसेरीमा उनको शव फेला परेको हो ।

परिवारका अनुसार गलकोट नगरपालिका-३ हटिया खसगाँउका प्रेमलाल दर्जीको शव भेटिएको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सइ लक्ष्मण विश्वकर्माले जानकारी दिए ।

दर्जीको शव वामी अर्लाङकोट सडकबाट झण्डै ५० मिटर तल फेला परेको थियो ।

घाँस काट्न गएका स्थानीयहरुले आइतबार दर्जीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->