बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पानीको शुल्क नतिरेका धारा काटौं : नगरप्रमुख श्रेष्ठ

पानीको शुल्क नतिरेका धारा काटौं : नगरप्रमुख श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८०, सोमबार

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले लामो समय शुल्क नतिरेका खानेपानीका धारा काटिने बताएका छन् । नगरपालिकाले गठन गरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रममा सुधारका काम देखिने गरी थाल्न आग्रह समेत गरे ।

उनले छिमेकी जिल्लाका अनुभव बटुल्ने, शुल्क नतिरेका धारा काट्ने, आर्थिक पारदर्शीता राख्ने र खानेपानीको दिगो व्यवस्थापन गर्ने गरी काम गर्न पनि आग्रह गरेका थिए । आईतवार श्रेष्ठले समितिका संयोजक जयराम भारीसहितका सदस्यलाई खादा लगाएर स्वागत गरेका थिए । साउन २ गतेको कार्यपालिका बैठकले नियुक्ति दिएपनि काम बिशेषले नगरप्रमुख जिल्ला बाहिर थिए ।

उक्त अवसरमा समितिका अध्यक्ष भारीले तत्काल काम थालिएको जानकारी गराएका थिए । साथै, उनले कार्यालयमा अस्तव्यस्तता रहेकोले एक जना सहयोगी राखेर सरसफाइ थालेको र कैलमपोखरीको लिफ्ट खानेपानी आयोजना संचालनका लागि काम भैरहेको बताए । त्यसका लागि प्रहरी र सेनाका जवानको सहयोग लिएर पाइपलाइन समेत जोड्ने काम भएको उनले बताए ।

संस्थाको अडिट गर्ने, शुद्व पानी खुवाउन हरेक साता पानी शुद्धिकरण गर्ने र त्यसको मापन गर्न नगरपालिकाले स्वास्थ्यकर्मी खटाइदिनुपर्ने लागयतको माग भारीले गरेका थिए । समितिका पदाधिकारीले बिषयगत क्षेत्र विभाजन गरेर अन्य व्यवस्थापकीय काम गरिरहेको बताइएको छ ।

लामो समयदेखि उपभोक्ता संस्थामार्फत काम भएपनि आम नागरिकलाई पानी खुवाउने मुख्य जिम्मा नगरपालिकाको भएकोले पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति गठन गरिएको थियो । शुद्ध पानी खुवाउने राज्यको जिम्मा हुने प्रावधानलाई टेकेर नगरपालिकाले तदर्थ समितिमार्फत् काम गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->