बागलुङ/न्यू ओएसिस एकेडेमी बागलुङले कक्षा ११ मा नवआगन्तुक बिधार्थीहरूलाई स्वागत गरेको छ । ‘स्टुडेण्ट यूनियन अफ न्यू ओएसिस एकेडेमी’ र कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरूले कक्षा ११ मा होटल म्यानेजमेण्ट र कम्प्यूटर साइन्स अध्ययन गर्न भर्ना भएका बिधार्थीहरूलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुँवरले विधार्थीहरूले लगनशिल भई अध्ययन गरेर बाबुआमा र बिधालयको सपना साकार पार्नुपर्ने बताए । कार्यक्रममा कक्षा १२ का छात्र यसजङ रायमाझी, शिक्षक सुवास केसी, सञ्चालक रामजी प्रसाद सुबेदी र संस्थापक प्रिन्सिपल नेत्रलाल न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।
विधालयमा स्वागतको लागि कक्षा ११ का विद्यार्थीहरूको तर्फदेखि स्वस्तिका श्रीषले धन्यवाद ज्ञापन गरिन् । होटल पिस प्यालेसमा आयोजित कार्यक्रम स्टुडेण्ट यूनियन अफ न्यू ओएसिस ऐकेडेमीका अध्यक्ष प्रनेश राजभण्डारीको अध्यक्षता र सचिव प्राश्ना भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।





