बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कहिले आउँछ लोकमार्गको राजपत्र ?

कहिले आउँछ लोकमार्गको राजपत्र ?


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार
फाईल तस्विर

बागलुङ/ राजपत्र नभएसम्म कुनैपनि सरकारी काम अगाडि बढ्दैन । तर राष्ट्रिय गौरवको आयोजना भनेर सूचिकृत मध्यपहाडी लोकमार्गको भने अझै राजपत्र नआएको हो ।
राजपत्र अभावमा लोकमार्गको मापदण्ड समेत कायम हुन सकेको छैन । अझैपनि लोकमार्ग कति मीटरको हुने भन्ने अनुमान मात्रै छ । राजपत्र नभएको मौका छोपेर सडक भने अतिक्रमण भैरहेको छ ।

बागलुङ भित्रको १ सय ४२ किमी खण्डमध्ये आयोजनाले १ सय ३६ किमी हेर्दै आएपनि अतिक्रमण रोक्न नसकेको हो । संस्थागत रुपमा भएका अतिक्रमण रोक्न आयोजनाले पत्राचार गरेपनि अटेर भएको सूचना अधिकारी पवन सुवेदीले बताए ।

अटेर गर्ने संस्था वा व्यक्तिलाई आयोजनाले कारवाही गरेको छैन । ‘हामीले कतिपय स्थानमा पत्राचार गरेर निर्माण रोक्न भनेका छौं भने कतिपय स्थानमा मापदण्ड पालना गर्न सम्झाएका छौं’ सुवेदीले भने, ‘जबरजस्ती गर्नेलाई रोक्ने कानूनी आधार बनेको छैन ।’ राष्ट्रिय राजमार्गको दायाँबायाँ कम्तिमा ३० मीटर मापदण्ड हुनुपर्नेमा सरकराले लोकमार्गको लागि कुनैपनि राजपत्र प्रकाशित नगरेको उनले बताए ।

राजमार्ग छेउमा घर तथा अन्य पक्की संरचना बनाउनेले मापदण्डबाहेक ६ मीटर सेटव्याक छाड्नुपर्ने प्रावधानसमेत छ । तर, बागलुङको दरमखोला जलबिद्युत आयोजनाले सडकमै पाइपलाइन बिच्छाएको छ । दशकअघि आयोजनाको अनुमतिले काम गरेको दाबी गरेको जलबिद्युत आयोजनाले सडकको नाली बनाउने स्थानमै ठूला पाइपलाइन र आरसिसी संरचना बनाएको हो । ‘हामीले अनुमति लिएर बनाएका हौं, मापदण्ड पुरा भएको छ’ आयोजनाका प्रमुख संचालक निरज पुनले भने, ‘राजमार्गलाई प्रसस्त जग्गा बाँकी छ ।’ तर, आयोजनाले पाइपलाइन गाँडेको कतिपय स्थानमा दोहोरो गाडी गुड्न नसक्ने बनेको छ ।’

लोकमार्ग आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सुवेदीले भने पहिला मापदण्ड नपुगेको र पत्राचार पनि पु¥याएको दाबी गरे । ‘पहिला मापदण्डमा काम गर्न लागेको देखेपछि पत्राचार गरेका हौं, अहिले केही पछि सार्नुभएको छ’ सुवेदीले भने, ‘६ मीटर सेट व्याक छाड्ने मापदण्ड भने पालना भएको छैन ।’ आयोजनाले अधिकांस खण्ड निर्माण सक्न लाग्दा सरकारबाट राजपत्र प्रकाशित नभएकोले जबरजस्ती रोक्न नसकेको बताए ।

९.८ मेगावाट क्षमताको जलविद्युत आयोजनाले झण्डै १ किमी सडकको छेउमा पाइपलाइन बिच्छ्याएको हो । ‘सडकको कालोपत्रे मापदण्ड साँढे ७ मीटर मात्रै भएको र दायाँबायाँ एकएक मीटर गर्दा साँढे नौ मीटरहो’ पुनले भने, ‘हामीले कतिपय स्थानमा १० मीटर छाडेर संरचना बनाएका छौं ।’ सडक छेउमा ६ मीटर सेटव्याक छाड्ने नियम भने जानकारी नभएको उनले दाबी गरे ।

लोकमार्गको अक्षेते बजारमा पनि मापदण्ड पुगेको छैन । बजारका दर्जन घर भत्काउनुपर्ने भएपनि अहिलेसम्म साँघुरै सडकबाट यातायात चलिरहेका छन् । काठेखोला गाउँपालिकाको बिहुँ, गलकोट नगरपालिकाको डाँडाखेत, बडिगाडको खरवाङ लगायतका बजार क्षेत्रमा सडकमै घर जोडिएका छन् । ‘ती घर भत्काउँदा क्षतिपूर्ति दिनुपर्ने भएकोले स्थानीय पालिकाको सहयोग र राज्यको मुख ताकेर बस्नुपरेको छ’ सुवेदीले भने, ‘समन्वयमा काम गर्ने भएकोले ढीला भएको छ ।’

गलकोट नगरका प्रमुख भरत शर्मा गैरेले आयोजनाले समन्वय नगरेको बताए । ‘समन्वय गरेको भए कतिपय घर सार्ने र नयाँ छाप्रा बनाउन रोक्न सकिन्थ्यो’ गैरेले भने, ‘हामीले अनुमति दिएका छैनौं तर बिना नक्सा घरटहरा बनिरहेका छन् ।’ सडक आयोजनाको स्पष्ट कुरा नआएसम्म नगरले मापदण्ड लागू गर्न नसकेको उनले बताए । बजार क्षेत्रमा भने नगरको नियम अनुसारको सेटव्याक छाड्न लगाइएको उनले बताए ।

लोकमार्गकै मापदण्डमा काठेखोला गाउँपालिका–५ को घोडाबाँधेमा सेनाले पनि घेराबार लगाएको छ । त्यहाँ पनि सेनाले सेटव्याक छाडेको छैन । जसका कारण सडक साँघुरो भएको छ । आयोजना प्रमुख कल्पना अधिकारीले सडकलाई आबस्यक पर्दा भत्काउने गरी सेनाले संरचना बनाएको बताइन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->