बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आँखा पाकेको भए जिल्ला प्रशासन नआउनु !

आँखा पाकेको भए जिल्ला प्रशासन नआउनु !


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८०, बिहिबार

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ । आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो । प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ ।

प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने रोग नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गर्दै समस्या भएका बिरामीलाई प्रशासनमा नआउन भनेका छन् । सर्वसाधारणले भने प्रशासनले सेवा लिननै नआउ भन्नु गलत भएको टिप्पणी गरेका छन् ।

‘आँखा पाकेका बेला फोटो पनि राम्रो आउँदैन्, राहदानी र नागरिकतामा चस्मा लगाएको फोहोर राख्न मिल्दैन्’ प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले भनिन् ‘सबै नागरिकको स्वास्थ्य सुरक्षाका लागि आग्रह गरिएको हो ।’ उनले प्रसाशनले सेवा प्रवाह गर्ने तर नागरिक आँफै पनि सचेत भएर सेवाका लागि आउनुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->