बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोबाट भवन जोगाउन पाल टाँगियो

पहिरोबाट भवन जोगाउन पाल टाँगियो


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८०, बिहिबार

बागलुङ/जोखिम त केही बर्ष अघिदेखिकै हो । तर गत साता आएको बर्षात्ले तित्याङ स्वास्थ्य चौकीमा फेरी जोखिम निम्तेको छ ।
बिरामी आउने बाटो नै बगेको छ । स्वास्थ्य चौकीको पिलर नजिकैबाट पानीको मुल निस्केपछि माटो बग्न थालेको हो । आकासबाट पनि बर्षात् भैरहेको छ, मुलले पनि माटो थप बगायो’ वडा अध्यक्ष राजु थापाले भने, ‘तत्कालका लागि पाल राखेर पानी तर्काएका छौं ।’ भदौ र असोज महिना पहिरो रोक्न सकेमा हिउँदमा संरक्षण गर्ने उनले बताए ।

झण्डै तीन बर्षअघि निर्माण सम्पन्न भएपनि भवनकै आँगनसमेत नरहने गरी यहाँ पहिरो गएको छ । ‘पहिरोको खुकुलो माटो झन् बग्न थालेपछि संरक्षण गरिएको थापाले बताए । ‘करोडौंको भवन भत्कियो भने कसरी बनाउने ?’ उनले भने, ‘जसरी पनि संरक्षण गर्न खोजेका छौं ।’ पहिरोले तित्याङदेखि सिगानाहुँदै बौंडेचौर जाने सडक पनि बगेको छ । ग्याबिन जाली लगाएपनि त्यसले थेग्न नसकेपछि स्थानीयले पालबाट मुलको पानी तर्काएको बताए ।

पहिरो खस्यो भने स्थानीयको धान खेतसमेत पुरिन्छ । स्वास्थ्य चौकी आउने बाटो पनि बन्द हुनेछ । खेतै खेत भएको स्थानमा भवन बनेको हो । बर्षात्मा भवनको पछिल्लो भागमा पानीको मुल फुट्ने गरेको छ । यो पटक घरदेखि तल्लो खण्डमा पनि मुल निस्केको स्थानीय चन्द्रबीर खड्काले बताए । १ करोड ७५ लाखमा भवन बनेको थियो । जग्गा भने स्थानीयले दिएका थिए । तर डोजर लगाएर जमिन सम्याउने क्रममा थर्केर मुल सरेको र पहिरो चल्न थालेको स्थानीयको गुनासो छ ।

पहिरो नियन्त्रणका लागि वडा कार्यालयले गतबर्ष पनि बजेट माग गरेको थियो । तर नगरपालिका र अन्य निकायबाट रकम नपाएकाले समस्या थपिएको थापाले बताए । पहिरो नियन्त्रणका लागि स्वास्थ्य चौकीदेखि तलको सडकमा पक्की पर्खाल लगाउने, पानी तर्काउने र स्वास्थ्य चौकीको आँगन पनि उकास्ने गर्नुपर्ने उनले बताए । त्यसका लागि वडामा बजेट नभएको, पालिकाबाट पनि तत्काल रकम ल्याउन सकिने अबस्था नभएपछि हिउँदमा अन्य श्रोत खोज्ने गरी अस्थायी संरक्षण गरिएको थापाले जानकारी दिए । रेडक्रस लगायतका संस्थाले वडा तथा स्वास्थ्य चौकीमा दिएका पाल संकलन गरेर अस्थायी रुपमा पानी तर्काउने काम भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->