बागलुङ/ मासुको उत्पादन, बिक्रि वितरण र उपभोगका बिषयमा सचेतना प्रवाह गर्न उपभोक्ता हित संरक्षण समिति बागलुङले सरोकारवालाको अभिमुखिकरण थालेको छ । बागलुङ नगरपालिका, उपभोक्ता हित संरक्षण समितिले एक दिने मासु उत्पादन सम्वन्धि अभिमुखिकरण गरेको हो ।
बागलुङ बजारमा मासुको उत्पादन, बिक्रिवितरण र उपभोगलाई व्यवस्थित बनाउनका लागि पहिलो चरणमा उत्पादक तथा बितरकहरुका लागि अभिमुखीकरण गरिएको समितिका संयोजक बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । ‘हामि उपभोक्ता अधिकारका लागि जिम्मेबार छौं, बजारमा मासुजन्य पदार्थको उत्पादन, बिक्रि वितरण र स्वस्थ्य मासु उपभोगका लागि नियमन गर्न सचेतना थालेका हौं ।’
अभिमुखिकरणमा बागलुङ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ंगत वरालले आत्मनिर्भरताका लागि उद्यमशिलता र वजार सम्वनणधि कानुनि व्यवस्थाका बिषयमा जानकारी गराएका थिए ।
त्यस्तै खाद्य गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले मासु तथा खाद्य परिकारमा ध्यान दिनुपर्ने विषय र कानुनी व्यस्था, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको शुद्धताका लागि वधस्थल र मासु व्यवसायिले पालना गर्नुपर्ने कानुनि शर्त, वागलुङ नगरपालिकाका वजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले वजार व्यवस्थापन र वजार अनुगमन निर्देशिका सम्वन्धि व्यवस्था र वागलुङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख मित्रलाल सापकोटाले वागलुङ नगरको मासु पसल सम्वन्धि प्रस्तावित मापदण्ड र यसको प्रभावकारिताका बिषयमा जानकारी गराएका थिए ।
अभिमुखीकरणमा मासु व्यवसायि संघको तर्फवाट थानेश्वर सुवेदी र उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले धारणा राखे । ७६ जना मासु व्यवसायी सहभागि अभिमुखीकरणमा प्रस्तावित मासु पसल सञ्चालन सम्वन्धि मापदण्ड २०८० का विषयमा छलफल भएको थियो ।





