बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विश्वहिन्दु महासंघ नगर अध्यक्षमा लिला खड्का

विश्वहिन्दु महासंघ नगर अध्यक्षमा लिला खड्का


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८०, सोमबार

बागलुङ/ विश्वहिन्दु महासंघ बागलुङको नगर समिति गठन भएको छ । आइतवार भएको पूर्विय दर्शन तथा हाम्रो कर्तव्य बिषयक प्रशिक्षण कार्यक्रम पछि नगर समिति गठन भएको हो । समितिको अध्यक्षमा लीलादेवी खड्का सर्वसम्मत चयन भएकी छिन् । उनको अध्यक्षतामा ५१ सदस्य नगर समिति गठन भएको हो ।

आइतबार आयोजित कार्यक्रममा प्रशिक्षण कार्यक्रम पछि समिति गठन भएको हो । प्रशिक्षण कार्यक्रममा पृथ्वीनारायण शर्माले आँफूलाई बुझ्ने मानिस धार्मिक बन्ने भन्दै हिन्दु धर्मले आफैलाई चिन्न सक्नुपर्ने बताएको धारणा राखेका थिए । ‘म किन जन्मे, जन्मेर मैले के गर्ने र मरेपछि के हुने हो भन्ने जान्दा जीवन र धर्म बुझीन्छ’ र्माले भने, ‘अध्यात्म नचिन्दा मानिसले दुःख पाउँछ ।’ हिन्दु धर्मले अहिलेको बिज्ञानलाई समेत सहयोग गरेको उनले बताए । उनले अहिले बैज्ञानिक रुपमा प्रमाणित भएका धेरै प्रमाणहरु हिन्दु धर्मका ग्रन्थले यस अघिनै लेखेको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संसारका सबै धर्मलाई धार्मिक सहिष्णुताले जोगाएको बताए । विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको अध्यक्षता, हरिप्रसाद गौतमको संचालन र बरिष्ठ उपाध्यक्ष रमेश राजभण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रशिक्षण कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दीका महासंघका पदाधिकारी र सदस्य सहभागि थिए । उक्त अबसरमा जैमिनी नगरपालिकाका पूर्व प्रमुख इन्द्रराज पौडेल, सल्लाहकार जगन्नाथ आचार्य, हरिप्रसाद गौतम, नरबहादुर किसान र लीलादेवी खड्कालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->