बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ग्लोबल रिच एजुकेसनले भोलि एजुकेसन फेयर गर्दै

ग्लोबल रिच एजुकेसनले भोलि एजुकेसन फेयर गर्दै


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८०, शुक्रबार

पोखरा / ग्लोबल रिच एजुकेसनले पोखरामा भोलि अस्ट्रेलियन एजुकेसन फेयरको आयोजना गर्दैछ ।

पोखरा ८ न्युरोडस्थित भाटभटेनीमा मेला हुन लागेको हो । अट्रेलियाका चाल्स डार्बिन युनिभर्सिटी भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, वेस्टन सिड्नी युनिभर्सिटी लगायत १२ वटा प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने सरिता गुरुङले जानकारी दिइन् ।

एजुकेसनका शाखा म्यानेजर समेत रहेकी गुरुङले फेयरमा विद्यार्थी तथा अभिभावकले विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गरी आवश्यक जानकारी लिन सक्ने सुनाइन् । वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीका लागि यो एक अवसर हुने आयोजकको भनाई छ ।

प्लस टु सकेका, व्याचलर या मास्टर्स सकेर मास्टर्स बाई रिसर्च र पिएचडी गर्न जान चाहने विद्यार्थी फेयरमा सहभागी हुने उनले बताइन् ।

विद्यार्थीको क्षमताअनुसार छात्रवृत्ति प्राप्त गर्न सकिने उनले सुनाइन् । राम्रो जिपिए ल्याएका विद्यार्थीले पूर्ण छात्रवृत्ति र प्रत्येक विद्यार्थीलाई ३० प्रतिशतभन्दा बढी छात्रवृत्ति अस्ट्रेलियन सरकारले उपलब्ध गराइरहेको सुनाइन । एजुकेसनले फेयर हरेक वर्ष २ पटक जनवरी र अगस्टमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->