बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८०, बिहिबार

बागलुङ/ बागलुङमा लैंगिक हिंसाका घटनामा वृद्धि भएको छ । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको बताएको हो । बितेको पाँच वर्षमा लैंगिक हिंसामा घटनाहरुमा क्रमश बृद्धि भएको केन्द्रको तथ्यांकले देखाएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा १३६ जना लैंगिक हिंसापीडित केन्द्रको सम्पर्कमा आएका थिए । त्यसपछिका दुई वर्ष समान ८७ जना मात्रै सम्पर्कमा आएकोमा आर्थिक बर्ष २०७८/०८९ मा त्यो संख्या बृद्धि भएर ९१ पुगेको थियो । आर्थिक बर्ष २०७९/०८० मा १२२ जना लैगिक हिंसावाट पीडित भएका छन् ।

केन्द्रको तथ्यांक अनुसार हिंसामा पर्नेहरुमा महिलाको संख्या धेरै छ । त्योमध्ये सबैभन्दा धेरै मानशिक यातनाका घटना छन् । अघिल्लो आर्थिक बर्षमा मात्रै मानसिक यातनाका ४० घटना भएका छन् भने घरेलु हिंसाका ३२ घटना भएका छन् । जवरजस्ती बलात्कारका २८, करणी उद्योगका १२ र शारीरिक हिंसाका १० घटनाका केन्द्रको सम्पर्कमा आएको केन्द्रका स्रोत व्यक्ति देवी भट्टराईले बताईन् ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रमले हिंसामा परेका महिला र पुरुष दुवैलाई उपचार, सहायता र सहयोग तथा कानुनी उपचारमा सहयोग गर्छ । हिंसाबाट पीडितहरुका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलव्ध गराउने गरेको भट्टराईले जानकारी दिइन् ।

अस्पतालले केन्द्रमा आउने पीडितको लागि परामर्श उपचार र पुनस्थापनका लागि आवश्यक संरचनाका बिस्तार गरेको छ । यसअघी संरचना अभाव व्यहोरी रहेको केन्द्रले उपचारका लागि शैयाको व्यवस्था, परामर्शका लागि उपयुक्त स्थानको व्यवस्था र कार्यालय व्यवस्थापन गरेको हो । धौलागिरी अस्पताललेनै केन्द्रका सबै कृयाकलाप सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलव्ध गराएको हो ।

‘हामी सबै सेवा दिन्छौं, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडितहरु अझैपनि लुकेर बस्नुभएको छ,’ भट्टराईने भनिन्े, ‘पहिलेको तुलनामा अहिले केही संख्या बढेको छ, अझै धेरै ठाउँमा पुग्न बाँकी छ, पीडितहरु आउन बाँकी छ ।’

बागलुङमा यो सेवा सुरु भएको पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसा पीडित संकट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये ३ जना पुरुष थिए । अघिल्लो आर्थिक बर्षमा सेवा लिनेहरुमा बागलुङ नगरपालिकाका ५३ जना, जैमिनी नगरपालिकाका १२ जना गलकोट नगरपालिकाका ९ जना, ढोरपाटन नगरपालिकाका ४ जना काठेखोला गाउँपालिकाका १३ जना, वडिगाड गाउँपालिकाका २ जना, ताराखोला गाउँपालिकाका १ जना, निसीखोला गाउँपालिकाका ४ जना, र छिमेकी जिल्ला म्याग्दीका ३ जना, पर्वतका १४ जना तथा अन्य ७ जना हिंसा पीडित रहेको तथ्यांक छ ।

केन्द्रमा स्वास्थ्य संस्था, आमा समुह, प्रहरी, नातेदार र सिधा सम्पर्क गरेर पीडितहरु पुग्ने गरेको केन्द्र प्रमुख भट्टराईले बताईन् । उनहा अनुसार घरेलु सिंसामा परेकाहरु उपचार पछि पनि दोहोराएर केन्द्रमा सहायताका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->