बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धम्क्याएर बलात्कार गर्नेलाई अदालते पठायो जेल

धम्क्याएर बलात्कार गर्नेलाई अदालते पठायो जेल


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८०, सोमबार

बागलुङ/युवतीलाई डरधम्की दिएर बलात्कार गर्ने युवकलाइ जिल्ला अदालत बागलुङले पुर्पक्षकालागि थुनामा पठाएको छ । गुल्मीको कालीगण्डकी गाउ“पालिका १ का २७ बर्षिय बिमल हमाल थुनामा परेका हुन् ।

असार २५ गते हमालले बागलुङको मालढुंगामा हिडेकी एक युवतीलाई धम्क्याएर जवरजस्ती करणी गरेका थिए । ती युवतीले उजुरी दिएपछि भागेका हमाल असार २६ गते जैमिनीमा चोरी गरेर भाग्ने क्रममा पक्राउ परेका थिए ।

हमालले जैमिनी नगरपालिका वडा नंं ४ का यामबहादुर क्षेत्रीको घरमा पुगेर ९ हजार ५ सय ४० रुपैयाँ नगद सहित सुनको बेरुवा औंठी, सुनको सिक्री र मंगलसुत्र समेत चोरेर भागेका थिए । क्षेत्रीले तत्काल खवर गरेपछि इलाका प्रहरी कार्यालय कुश्मीसेराले पक्राउ गर्दा हमाल बलात्कारी समेत भउको खुलेको थियो । अदालतको आइतवारको आदेशले उनलाई जेल पठाइएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->