पोखरा / लगातार आखाँ पाक्ने रोग बढ्न थालेपछि पोखरा महानगरपालिकाले तीन दिन नीजि तथा सामुदायिक विद्यालय बन्द गर्न आहवान गरेको छ । पोखरा महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका सम्पूणृ सामुदायिक, संस्थागत तथा मन्टेसरीहरु तीन दिनका लागि विदा गर्ने भएको हो ।
बुधबारदेखी विद्यालयहरु बन्द हुनेछन् । महानगरले आँखा पाक्ने रोग आफैमा संक्रमित रोग भएकाले संक्रमण चक्रलाई रोक्नको लागि सरोकारवालाहरु सँग बसेको बैठकले वर्षे, हिउँदे र स्थानीय विदाबाट कटौती हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।





