बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मृगौला पीडितलाई सहयोग

मृगौला पीडितलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८०, बुधबार

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिका–१ माझखर्कका मृगौला पीडित नरमति विश्वकर्मालाई बागलुङ सेवा समाज बहराइनले आर्थिक सहयोग गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका नेपालीहरुले सहयोग संकलन गरेर मृगौला पीडित विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । उनीहरुबाट संकलित ६१ हजार ३ सय ८५ रुपैयाँ पीडित परिवारलाई सहयोग गरेको बागलुङ सेवा समाज बहराइनका कार्यवाहक अध्यक्ष मिलनकुमार मगरले जानकारी दिए ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित विश्वकर्माले बागलुङको धौलागिरी अस्पतालमा डायलासिस गराउँदै आएकी छन् । विश्वकर्मा परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न अपील गरेका छन् । बागलुङ सेवा समाज बहराइनले आर्थिक संकलन गरेर पठाएको रकम ताराखोला गाउँपालिका–१ का वडासदस्य भक्तबहादुर नाइसा मगरले विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->