बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका तत्कालिन उपप्रमुखसहित पाँच जनाले पाए सफाइ

बागलुङका तत्कालिन उपप्रमुखसहित पाँच जनाले पाए सफाइ


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८०, बुधबार

बागलुङ/ नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित पाँच जनाले सफाइ पाएका छन् । विशेष अदालतले बुधबार उनीहरु निर्दोष ठहर गर्दै फैसला सुनाएको हो ।

नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्का, वडाध्यक्ष जिवन आचार्य, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालय जीवि उपाध्याय र राजस्व शाखा सदस्यसचिव काशीराम शर्माले सफाई पाएका हुन् ।

न्यायधिशद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपी सबैविरुद्ध जनही ३४ लाख ८० हजार एक सय ३२ रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दर्ता गरेको थियो । आरोपीका तर्फबाट अधिबक्ता तीलप्रसाद गौतम, कृष्ण सापकोटा र सुवास आचार्यले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->