बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निसीखोलाको प्रभा माविमा पठनपाठन नियमित गर्न अनेरास्ववियुको माग

निसीखोलाको प्रभा माविमा पठनपाठन नियमित गर्न अनेरास्ववियुको माग


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

बागलुङ / नेकपा एमाले निकट अनेरास्ववियुले जिल्लाको निसीखोलास्थित प्रभा माध्यमिक विद्यालय झिवाखोलामा पठनपाठनलाई नियमित गर्न र कक्षा कोठाको ब्यवस्थापन गर्न माग गरेको छ ।

अनेरास्ववियु निसीखोला गाउँ समितिले पुरानो र इतिहास वोकेको विद्यालयमा पछिल्लो समयमा विद्यार्थीहरु नियमित पढाईबाट बञ्चित हुनु परेको भन्दै त्यसको व्यवस्थापन तुरुन्त गर्न माग गरेका छन् ।

संगठनका थानिश्वर कँडेल, सुशिल सुनार, लक्षु कुँवर, शिव परियार, सम्झना विक र सुरज रेग्मीले हस्त्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विद्यालयको कक्षा कोठामा सरकारी मापदण्ड अनुसारको विद्यार्थी राखी पठनपाठन गराउन र विषय शिक्षकको ब्यवस्थापन गरी नियमित अध्यापन गराउन माग गरेका छन् ।

विद्यालयका शिक्षकलाई पालिकाले शिक्षा शाखामा वोलाएर विद्यालयको नियमित पढाईमा असर पुराएको आरोप लगाएका छन् । लामोसमय गत जेठदेखि नै विद्यार्थी पढाईबाट बञ्चित हुँदा समेत समबन्धित निकायले ध्यान नदिएको, खेताला शिक्षक राखेर पढाउने कोशिस गरिएको, योग्य र सक्षम शिक्षकको ब्यवस्थापन नगरेको, दश जोड दुईमा मापदण्डभन्दा बढि विद्यार्थी एउटै कक्षा कोठामा राखेर पढाएको लगायतका गलत क्रियाकलाप भएकोले त्यसलाई सच्याउन आग्रह गरिएको छ ।

आफ्नो संगठनले विद्यालयको राम्रो काम, उन्नती र प्रगति साथै असल अभ्यासको समर्थन, सहयोग गर्ने र गलत क्रियाकलाप, विकृति, विसंगतिको सधै विरोध गर्ने भन्दै संगठनले त्यसका क्रियाकलाप नसच्याएमा कडा विरोध गर्ने जनाएको छ ।
हेर्नुहोस अनेरास्ववियुको ध्यानाकर्षण पत्र:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->