सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नारायणी नदीमा डुबेर दाजु भाइको मृत्यु

नारायणी नदीमा डुबेर दाजु भाइको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८०, सोमबार

चितवन /नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।

उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए । उनीहरुलाई  नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->