सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

संविधानले विविधता स्वीकारेको छ : मुख्यमन्त्री पाण्डे

संविधानले विविधता स्वीकारेको छ : मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८०, बुधबार

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान नेपालको संविधानले निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानको भावनालाई जनताले महसुस हुनेगरी कार्यान्वयन गरिनुपर्नेमा जोड पनि दिए । सो कार्यका लागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको पनि बताए । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिंगो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि २०७२ असोज ३ गते आजकै दिन संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको थियो । यस संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->