पोखरा/ पोखराको शितलादेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारीसहित गण्डकीका ११ जना सामुदायिक विद्यालयका शिक्षकहरुले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कृत हुनेमा महालक्ष्मी मावि गोरखाका प्रधानाध्यापक चुडामणि काफ्ले,मनाङको प्रकाशज्योति माविका पद्मराज पन्थी, जनकल्याण मावि बेसीसहरका मावि शिक्षक झपेन्द्रराज न्यौपाने,तनहुँको आवुँखैरेनीमा रहेको चन्द्रोदय माविकी प्रअ सरला बस्नेत, स्याङ्जाको भाग्योदय मावि भिरकोटका निमावि शिक्षक भेषराज रेग्मी,नललपुरको गैंडाकोटमा रहेको जनक माविका प्रअ चुडामणि शर्मा, मुस्ताङको धासाङमा रहेको योगेन्द्र माविका प्रावि शिक्षक सन्त थकाली,म्याग्दीको मंगलामा रहेको मंगला माविका मावि शिक्षक हुमनाथ पाण्डे,बागलुङको जनप्रिय मावि ताराखोलाका प्रअ नइन्द्रबहादुर गुरुङ र पर्वतको महाशिलामा रहेको मदन आश्रित माविका प्रअ खड्कबहादुर क्षेत्रीले सो पुरस्कार प्राप्त गरेका हुन् ।
निजी विद्यालयतर्फ पोखरा ७ मासबारको मदरल्यान्ड माविका शिक्षक वामनकुमार घिमिरे र एसओएस हर्मनमाइनर मावि पोखरा १५ का प्रअ चूडामणि सुवेदी र फेवा पब्लिक स्कुल पोखरा ४ का संस्थापकतर्फ अच्चुत पाण्डmे बागलुङको चिल्डे«न लाइफ इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल नवराज श्रेष्ठ, बागलुकै युनिभर्सल सवलाइम एकेडेमीका संस्थापक दलबहादुर थापालेलाई सरकारले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।
यता, विद्यालयका कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, प्रारम्भिक बाल विकास सहजकर्तामा गोरखाको सरस्वती माविका कर्मचारी इलिमबहादुर गुरुङ गोरखाकै सिद्धस्थानी माविका बाल विकास सहजकर्ता मीना परियार,कास्कीको पोखरा ३२ गगनगौंडाको गोगन माविका अध्यक्ष मेघराज पौडेल,स्याङ्जा पुतलीबजारको कालिका माविका व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइराला, स्याङ्जाकै काजीमान हरिटीका माविका अध्यक्ष अनुप श्रेष्ठ पुरस्कृत भएका छन् ।





