सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी

बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

काठमाडौँ / नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् ।

ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् ।  सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् भने  महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा  प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन् ।

शीर्ष नेताहरुले सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि शुक्रबार दिउँसो विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मतदान भएको थियो। निर्वाचनमा ११३५ जना प्रतिनिधिले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->