बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आइएसएमटी कलेज पोखरामा बिएचएम सञ्चालनमा

आइएसएमटी कलेज पोखरामा बिएचएम सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

पोखरा/आइएसएमटी कलेज पोखराले बिएच एम कार्यक्रम सञ्चालनमा ल्याएको छ । बेलायतको युनिभर्सिटि अफ सन्डरल्याण्डबाट सम्बन्ध प्राप्त पोखरा १५ अन्नपूर्ण मार्गमा रहेको कलेजले थप कार्यक्रम थप गरेको हो ।

सन् २०१८ देखि पोखरामा नै विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आइरहेको कलेजले विएसी आईटी (कम्प्युटर सिस्टम इन्जिनियरिङ) र बिबिए कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

विश्व बजारमा नै हस्पिटालिटी क्षेत्रमा दक्ष कामदारको अभावलाई मध्यनजर गर्दै बिएचएम कोर्ष सञ्चालनमा ल्याएको हो ।

उक्त कोर्ष सम्पन्न गरेपश्चात विधार्थीहरुले होटल, पर्यटन,एअरलाइन्स लगायत विभिन्न हस्पिटालिटी क्षेत्र तथा कर्पोरेट क्षेत्रमा काम गर्न सक्षम हुने कलेजले बताएको छ ।

आईएसएमटी ग्रुप अन्तर्गत पोखरासंगै चितवन, विराटनगर र बुटवलमा पनि कलेज सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->