बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८०, शुक्रबार

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङको अगुवाईमा गरेको अनुगमनमा म्याद नाघेका ठूलो संख्यामा सामान बरामद गरेको छ । बिहिबार बागलुङ बजारको भलायटोल तथा बुद्ध बिहार क्षेत्रमा एउटै पसलमा दर्जनौं सामान म्याद नाघेको भेटिएको हो ।

बिक्रीका लागि राखिएका पेय पदार्थ तथा जंगफुडहरुको ठूलो मात्रा म्याद गुज्रेका भेटिएका छन् । अनुगमनको क्रममा बियर, कोक, फेन्टा तथा पोकामा आउने जंगफुडहरु बढी म्याद गुज्रेका तथा अखाद्य भेटिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र बागलुङ नगरपालिका, पर्यटन तथा उद्योग कार्यालयले गरेको संयुक्त अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेका सामान बेचिरहेको भेटिएको हो । ‘कतिपय केही दिन मात्रै म्याद नाघेका छन् भने कतिपय डेढदुइ वर्षदेखि म्याद नाघेर पनि वास्तै नगरी बेचिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले भने, ‘केही स्थानमा थाहा नपाएर समस्या छ, कतिपयले जानेरै लापरवाही गरेका छन् ।’

खुला रुपमा बेच्न राखिएका झिलिङ्गा र महमा कुनै उत्पादक र म्याद नभेटिएको हो । म्याद लेखिएका सामान म्याद सकिएको तीन महिनासम्म पसलमै भेटिएका हुन् । ‘अर्ना बियर, कोकाकोला र फेन्टाजस्ता सामानको म्याद गुज्रेको भेटिए,’ खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजनका अनुगमन निरीक्षक साहन्सा कुमार महतोले भने, ‘मानव स्वास्थ्यमा खेलवाड गरिएको भेटिएका छन् ।’ पहिलोपटक भेटिएका पसलमा सामान नष्ट गरिएको छ । पटक पटक भेटिएकोमा जरिवाना र कारवाही गरिनेछ ।

हातैले म्याद लेखेर कतिपय सामान बेचेको समेत भेटिएको हो । पानीको बोतलमा राखेर मह बिक्री गरेको अबस्था पनि भेटिएकोले उनीहरुलाई तत्काल सम्झाइबुझाइ सामान नबेच्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->