सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्ष कोशी प्रदेश प्रमुखको कार्यालयमा

मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्ष कोशी प्रदेश प्रमुखको कार्यालयमा


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८०, बिहिबार

विराटनगर / कोशी प्रदेशमा मुख्यमन्त्रीमा दोहोरो दाबी पर्ने भएको छ । माओवादी र कांग्रेस संस्थापन पक्ष माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

त्यस्तै एमाले र कांग्रेसको असन्तुष्ट पक्ष पनि मुख्यमन्त्रीको दाबी पेश गर्न छुट्टाछुट्टै हस्ताक्षर लिएर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।

कांग्रेसको शेखर कोइराला पक्षले प्रदेश सभा सदस्य केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री बनाउन चाहेको छ । शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्।

६ सांसद भएको राप्रपा तटस्थ बसेको छ। ‘हामीले कसैलाई समर्थन गरेका छैनौं। भोलि बिहान ८ बजे बस्ने पदाधिकारी बैठक बसेर निर्णय लिन्छौं,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।

कोशीमा बिहीबार नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ। नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->