सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने, धार्मिक पर्यटनलाई महत्व नदिएको गुनासो

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने, धार्मिक पर्यटनलाई महत्व नदिएको गुनासो


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८०, शुक्रबार

पोखरा / नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दीरमा नवदुर्गा महोत्सव आयोजना हुने भएको छ ।

विन्ध्यवासिनी धामिृक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ हुनेछ ।

घटस्थापनादेखि सुरु हुने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकीसमेत हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै समितिका सचिव तीर्थ श्रेष्ठले पोखरा धार्मिक पर्यटनका लागि समेत प्रख्यात रहेको दृष्टान्त पेश गरे ।

उनले पोखरामात्रै नभइ गण्डकी प्रदेश नै धार्मिक पर्यटकको सम्भावना बोकेको सहर भए पनि पर्यटन बोर्डले यसलाई महत्व नदिएको गुनासो पोखे । ‘पर्यटन बोर्डले साइकल बेच्नेलाई पर्यटन भन्छ तर धार्मिक क्षेत्रलाई पर्यटन मान्दैन ।

उनीहरुको योजनामा यो क्षेत्र पर्दैैन,’ उनले भने । पछिल्लो समय आर्थिक मन्दिका कारण मन्दिरको भेटि समेत घटेको उनको भनाइ छ । कोरोना महामारी अघि मासिक एकलाख रुपैयाँ भेटि संकलन हुने गरेकोमा अहिले भने ५० हजारको हारहारीमा भेटी संकलन हुँदैआएको उनले जानकारी दिए ।

घटस्थापनाका दिन प्रारम्भ हुने महोत्सव नवमीका दिनमा सम्पन्न हुनेछ । महायज्ञ बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउसो २ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ । यस्तै विजया दशमी अवधिभर मन्दिरमा नित्य पूजा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->