सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले मधेश पदाधिकारीमा सर्वसम्मत, मण्डल बने अध्यक्ष

एमाले मधेश पदाधिकारीमा सर्वसम्मत, मण्डल बने अध्यक्ष


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८०, शुक्रबार

जनकपुरधाम / नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->