बागलुङ / धौलागिरी बहुमनी क्याम्पसमा स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत २०७९ का विद्यार्थीले ‘अन्नपूर्ण पदयात्रा’ पुस्तक प्रकाशन गरेका छन् । सो पुस्तकको विमोचन गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले गरिन् ।
पुस्तक विमोचन तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खड्काले धौलागिरि बहुमुखी क्याम्पस गण्डकी क्षेत्रको अग्रणी संस्था भएको हुँदा यसको विकासका लागि संघ सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले पनि ध्यान पुराउनु पर्ने बताईन् ।
उनले आफू प्रदेश तहमा रहेको हुँदा क्याम्पसलाई व्यवस्थित र शैक्षिक हबका रुपमा विकास गर्ने आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । पछिल्लो समय क्याम्पस यस अध्ययन अनुसन्धानमा यस क्षेत्रको अब्बल बन्दै गएको बताईन् ।
बिबिएस चौथो वर्ष २०७९ का विद्यार्थी अन्नपूर्ण बेस क्याम्पमा पुगेर ठकुमेन्ट्रीसँगै पुस्तक प्रकाश गरेका हुन् । सो कार्यक्रममा उक्त पुस्तकको समिक्षा सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले गरे । सो अवसरमा पदयात्रामा गएका विद्यार्थी राम थापा र पूजा शर्माले आफ्नो यात्रा अनुभूति सुनाए ।

क्याम्पसका पूर्व स्ववियु सभापति मनबहादुर थापा (मनिष) ले अध्ययन अवलोकन भ्रमण, पुस्तक र डकुमेन्ट्रीका विषयमा जानकारी गराए । कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, क्याम्पस सञ्चालक समितिका सदस्य जगन्नाथ आचार्य, प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, व्यवस्थापन विभागका प्रमुख ध्रुवराज गौतम, स्ववियु सभापति सुदीप सागर कँडेल र पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम लगायतले मन्तव्य राखेका थिए ।
अध्ययन अवलोकन संयोजक सृष्टि आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य रविना कँडेलले र स्वागत तारा केसीले गरेका थिए ।





