पोखरा / गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि मृत्यु भएकाहरुको सम्झनामा पोखरामा दिप प्रज्वलन गरिएको छ ।
स्पोर्ट्स डेभलपमेन्ट फोरम पोखराले मृतकहरुको आत्माको शान्तीको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।

हमासको आक्रमणमा परि १० नेपालीको मृत्यु भएको थियो । हालसम्म आक्रमणमा परि १३०० जनाको मृत्यु भएको पुष्टि भएको छ । मारिनेमा सय भन्दा बढी विदेशी छन् । २४ देशका नागरिक मारिएको उल्लेख गरिएको छ ।





