सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८०, सोमबार

काठमाडौं/ सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम र लुम्बिनीका थोरै स्थान र बाँकी प्रदेशका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->