सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८०, बिहिबार

पोखरा/नवरात्रको पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो । स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।

गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् ।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ । तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->