सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा विन्ध्यवासिनीमा भित्र्याईयो फूलपाती (फोटो फिचर)

पोखरा विन्ध्यवासिनीमा भित्र्याईयो फूलपाती (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८०, शनिबार

पोखरा /बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

विन्ध्यवासिनीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती भित्र्याएका हुन् । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहेको थियो । साथै मन्दिमा भक्तजनको भीड समेत उत्तिकै रहेको थियो ।

आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसँैघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

(तस्वीर : वसन्त शेर्पा)


(तस्वीर : वसन्त शेर्पा)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->