बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यामन्दिर माविमा शुभकामना कार्यक्रम, सहकार्यमा जोड

विद्यामन्दिर माविमा शुभकामना कार्यक्रम, सहकार्यमा जोड


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८०, शनिबार

बागलुङ / विद्यामन्दिर माध्यमिक विद्यालयले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमम समपन्न गरेको छ । शुभकामना दिने वक्ताहरुले विद्यालयको गुणस्तर वृद्धि र विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउनको सरोकारवालाहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने वताएका छन् ।

उनीहरुले विद्यालयमा नेपाली र अग्रेजी माध्यम दुवैलाई बलियो बनाउनको लागि शिक्षकको सेवा सुविधा बढाएर उनीहरुको मनोबल उच्च बनाउनु पर्ने र विद्यालयले सूचना प्रविधिको प्रयोगमा विशेष ध्यान दिनु पर्ने वताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले विद्यार्थीको हितमा विद्यालयले ल्याउन लागेको अल्पकालिन र दिर्घकालिन कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका पूर्वसभापति विश्वनाथ रेग्मी, विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक मन केसी, भवन निर्माण समितिका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, नेकपा माओवादी केन्द्र बागलुङ नगरसमितिका अध्यक्ष रतन प्रसाद मलेपती, पत्रकार मुकेशचन्द्र राजभण्डारी, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, बानपा ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मण, शिक्षक मुकुन्द शर्मा, गंगा शर्मा, पार्वती कुमारी शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक छवि रमण रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->