शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा : मन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा : मन्त्री बस्नेत


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८०, शनिबार

बागलुङ /  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा गएको बताएका छन् । बागलुङ नगरपालिकाले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै वर्तमान चिकित्सा शिक्षा ऐन संशोधन नभएसम्म स्वास्थ्य सेवालाई सर्वशुलभ बनाउन नसकिने बताए ।

शिक्षा र स्वास्थ्य जनताको मौलिक हक भएकाले बर्तमान सरकार त्यसको सुधारका लागि निरन्तर खटिएको चर्चा गदै उनले आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन लागेको वताए ।

सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले धौलागिरी अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकास गर्दै यसलाई मेडिकल हब बनाउन सरकारले ध्यान दिनुपर्ने वताए । श्रेष्ठले हरेक नागरिकले दु्रतगतिमा सेवा पाउने गरी नगरपालिकाले स्वास्थ्यका गतिविधी अगाडी बढाउन लागेको वताए ।

गरिब र बिपन्नले सेवा लिने अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि आफ्नो पहिलो प्राथमिकता भएकोले अस्पताललाई सुबिधा सम्पन्न बनाउनका लागि दक्ष जनशक्तिको आवश्यकता रहेको वताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल र नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->