सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

यस्तो छ टीकाको दिन (भोली) को मौसम अनुमान

यस्तो छ टीकाको दिन (भोली) को मौसम अनुमान


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८०, सोमबार

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र  केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का सम्भावना रहेको छ ।

‘देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ विभागले सोमबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ‘ सो बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने उल्लेख छ ।

विभागले सोमबार दिनभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने चेतावनी जारी गरेको छ । ‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहने छ । तसर्थ वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

बुधबार भनेको कोशी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । ‘देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->