सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जीप दुर्घटना हुदाँ १३ भारतीय पर्यटक घाईते

जीप दुर्घटना हुदाँ १३ भारतीय पर्यटक घाईते


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

मकवानपुर /  भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परेका हुन्।

इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज करिब बिहान ३.३० बजे दुर्घटना भएको हो ।

मधेस प्र.३-००१ ज ० २३८ नम्बरको सुमो जिप वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मकवानपुरका प्रहरी नायब परीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गाडी सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->