रुपन्देही / रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुवेर दुई जनाको मृत्यु भएको छ भने, एक जना वेपत्ता भएका छन् । कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको दोभान मर्चवार क्षेत्रमा दुर्गा मूर्तिहरू विसर्जन गर्ने क्रममा डुवेका हुन् ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए ।





