पोखरा / गत असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको हेलिकप्टरको पाइलटको उपचारको क्रममा निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट
प्रकाशकुमार सेढाईंको उपचारको क्रममा भारतमा निधन भएको हो । नेपालमा उपचार हुन नसकेपछि उनलाई तत्काल मुम्बई लगिएको थियो।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ । दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ ।
उक्त हेलिकप्टर सोलुखुम्बू लुक्लाबाट लोबुचेको लागि उडेको थियो । हेलिकप्टर अवतरणको क्रममा दुर्घटना हुन पुगेको थियो ।





