बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

धौलागिरी अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा


  • राजेशचन्द्र राजभण्डारी
  • कार्तिक ९ २०८०, बिहिबार

बागलुङ / धौलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको साधारण रुपमा जन्म भएको छ । दशैको बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिकाका एकजना महिलाले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएका हुन् ।

धौलागिरि अस्पतालमा ती महिलाले ४ केजी ७ सय ५० ग्रामको बच्चालाई जन्म दिएकी हुन् । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ३ का ३२ बर्षिय मालती छन्त्याल तामाङले अस्पतालको प्रसुती वार्डमा बिहीबार नर्मल रुपमा नै छोरा जन्माएकी हुन् । यो छन्त्यालको चौथो सन्तान हो ।

नेपालीहरूको महान चाड बिजया दशमीको दिन सुत्केरी हुनका लागि धौलागिरि अस्पताल बागलुङ आएर भर्ना भएकी छन्त्यालले झन्डै ५ किलो तौल भएको बच्चा नर्मल जन्माएको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

पेटमा बच्चा ठूलो भएको हुनाले अस्पतालबाट पोखरा जान सल्लाह दिनुभएको थियो तर पहिलाको सन्तान पनि नर्मल जन्मिएको कारणले आफुलार्इ यसपटक पनि नर्मल बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी महिला मालती छन्त्याल तामाङले बताईन ।

दशैको बेलामा पोखरा जान पनि गार्‍हो थियो आफ्नो नजिकको अस्पतालमा डेलिभरी गराउने बिचार गरेर यहाँ डाक्टर नहुदाँ पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रोसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए ।

दशैको बेला अस्पतालमा स्त्रीरोग बिशेष डाक्टर बिदामा भएको बेला प्रसुतीको लागि अस्पतालमा आएका मालतीलाई अस्पतालमा डाक्टर नभएको जानकारी गराउदा समेत यहीँ डेलिभरि हुने भनेपछि भर्ना गरेको अस्पतालका स्टाफ नर्सले बताए ।

धौलागिरि अस्पताल बागलुङमा प्रसुतीका लागि दिनमा झण्डै एक दर्जन महिला दिदिबहिनीहरू आउने गर्छन् यसभन्दा अघि अस्पतालमा बढीमा ४ किलो ५०० ग्राम सम्मको बच्चा जन्म भएको थियो ।

यसपटक सबैभन्दा बढी ४ किलो ७ सय ५० ग्रामको बच्चा नर्मल डेलिभरी भएको छ । यसअघि ठूलो तौल भएको बच्चा जन्माउन नसक्दा अप्रेसन गरेरमात्र बच्चा निकाल्ने गरिन्थ्यो ।

अस्पतालमा सानो घटना घट्दा खेरि अस्पतालका डाक्टर कुटिने अस्पताल तोडफोड हुने गरेको कारण अस्पतालमा उपचारको लागि आउदा स्वास्थ्यकर्मीले रिक्स मोल्न नचाहने माहोल खडा भइरहेको समयमा बागलुङमा डाक्टर नभएको समयमा अप्रेसनविना नर्मल बच्चा जन्माउनुलाई सबैले सकारात्मक रूपमा लिएका छन् ।

अहिले बच्चा र आमा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->