सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पीडितलाई केन्द्रमा नराखेसम्म संक्रमणकालीन न्याय सफल हुँदैन: महासचिव गुटेरेस

पीडितलाई केन्द्रमा नराखेसम्म संक्रमणकालीन न्याय सफल हुँदैन: महासचिव गुटेरेस


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८०, मंगलबार
संसद्‌मा सम्बोधन गर्दै महासचिव गुटेरेस।

काठमाडौं / संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले द्वन्द्वपीडितलाई केन्द्रमा राखेर मात्रै संक्रमणकालीन न्याय टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने खालकाे  हुनुपर्ने बताएका हुन्।

‘हामीलाई के थाहा छ भने संक्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना तब हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्,’ महासचिव गुटेरेसले भने।

संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको धारणा छ। ‘तर यो सजिलो भने छैन। स्वभाविका रुपमा यो एक नाजुक र जटिल प्रक्रिया हो,’ गुटेरेसले भने, ‘जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ, त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् र यसका अतिरिक्त जब मानव अधिकार उल्लंघनका सबै पीडितले अर्थपूर्ण समाधान पाउन सक्छन्।’

सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड तथा द्वन्द्वपीडितका आवश्यकता पूरा गर्ने गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्ने उनले बताए।

फरक प्रसंगमा बोल्दै उनले कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश भए पनि वैश्विक संकटहरूले नेपाललाई अझै नराम्ररी प्रहार गरिरहेको बताए। जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेको नेपालप्रति आफू चिन्तित रहेको गुटेरेसले उल्लेख गरे।

आफूले दिगो विकास लक्ष्य स्टिमुलस र जलवायु कार्यका लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा पाँच खर्ब प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको पनि उनले बैठकमा जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->