सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको ज्यान गयो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८०, शनिबार

पोखरा/ जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।​ यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने दुवै जिल्लाका सीडीओले जनाएका छन्। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा‍।लोकविजय अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->