सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

रुकुम पश्चिम आठबीसकोटमा एउटै वडाका २७ जनाको मृत्यु

रुकुम पश्चिम आठबीसकोटमा एउटै वडाका २७ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८०, शनिबार
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- १२ मा भत्किएको घर।

रुकुम / शुक्रबार मध्यरातमा आएको भूकम्पका कारण रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । त्यसमध्ये आठबीसकोट-१४ कामात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->